hitcounter Smart School काे बारेमा - Smart School

Smart School काे बारेमा

Smart School काे बारेमा

  • 12 Feb
  • jaymalla

२१ अाै शताब्दीकाे प्रविधिकाे युगमा पनि हामी नेपालीहरू प्रविधिकाे विकास र प्रयाेगमा अति नै पछाडी परिरहेकाे तथ्य हामी सबैलाई अवगत नै छ । अझैसम्मपनि अति सामान्य भन्दा सामान्य कुराहरूसमेत गर्न वा नजान्ने अथवा सिक्न नचाहने हाम्राे बानी ब्यहाेरालेपनि हामीलाई नै पछाडी धकेलिरहेकाे हामीहरूलाई पत्त‌ै छैन ।

अबकाे समयमा सामान्य माेबाइलमा भएका सुविधाहरूकाे उपयाेग गर्न नजान्ने तथा कम्प्युटरकाे सामान्य प्रयाेग तथा जानकारी नराख्ने व्यक्ति जतिसुकै पढेलेखेकाे वा डिग्री हासिल गरेकाेभएपनि पूर्णरुपमा शिक्षित मान्न सकिन्न । खासगरी विद्यालय तथा विश्विद्यालयमा कार्यरत व्यक्तिहरूकालागि त यी कुराहरू अनिवार्य जस्तै हुन ।

अहिलेका जतिपनि विद्यालय तथा कलेजहरू, चाहे सामुदायिक हुन वा निजी सबैकालागि प्रविधि मैत्री शिक्षा तथा प्रविधि मैत्री व्यवस्थापन अपरिहार्य भैसकेकाे छ । कुनैपनि विद्यालयकाे स्तर वा प्रगति त्यस विद्यालयकाे व्यवस्थापन समितिकाे र प्रधानाध्यापककाे व्यवस्थापकीय क्षमता अथवा कार्य काैशलतामा निर्भर रहने र त्यसकालागि सम्बन्धित प्रविधकाे धेरै ठूलाे भूमिका रहन्छ । यसै कुरालाई मध्यनजर गर्दै Codelogic Technologies Pvt. Ltd. ले Smart School नामकाे School Management System तयार गरि विद्यालय तथा कलेजकालागि ल्याएकाे छ ।

Related